विश्वका टप–१० धनीमा भारतका अम्बानी पनि
नयाँ दिल्ली, असार ८
भारतीय धनाढ्य मुकेश अम्बानी विश्वका १० ठूला अर्बपतिको सूचीमा समावेश भएका छन् । ब्लुमबर्गको विश्व अर्बपति सूचीमा अम्बानी नवौँ नम्बरमा उक्लिएका हुन् । उनको सम्पत्ति ४ अर्ब १८ करोड अमेरिकी डलरले बढेको हो । योसँगै उनीसँग कुल ६४ अर्ब ५० करोड अमेरिकी डलर सम्पत्ति रहेको छ। ‘टप १०’ धनीमा पर्ने उनी एसियाका एक्ला धनाढ्य हुन् ।
पहिलो स्थानमा भने १ सय ६० अर्ब डलर सम्पत्तिसहित अमेजनका जेफ बेजोस छन्। त्यस्तै दोस्रो नम्बरमा १ सय १२ अर्ब डलरसहित बिल गेट्स, तेस्रोमा ९० अर्ब ६० करोड डलरसहित फेसबुकका मार्क जुकरबर्ग, चौथोमा ८७ अर्ब डलरसति बर्नार्ड आर्नल्ट, पाँचौँमा ७१ अर्ब डलरसहित वारेन बफेट, छैठौँमा ७० अर्ब डलरसहित स्टिभ बाल्मर, सातौँमा ६८ अर्ब डलरसहित ल्यारी पेज, आठौँमा ६६ अर्ब डलरसहित सर्जे ब्रिन र दशौँ नम्बरमा ६२ अर्ब डलरसहित फ्रान्कोइस बेटेनकोर्ट मेयर्स रहेका छन् ।
नवौँ नम्बरमा परेका भारतीय धनाढ्यले ओरेकल कर्पका ल्यारी एलिसन र फ्रान्सका फ्रान्कोइसलाई पछि पारेका हुन् । रिलायन्स कम्पनीको ४२ प्रतिशत स्वामित्व रहेका अम्बानीले आफ्नो डिजिटल युनिट जियो प्लेटफर्म लिमिटेडमा लगानी भित्र्याएपछि यस्तो प्रगति गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
मार्चयता तेलदेखि टेलिकमसम्मको कारोबार गरिरहेका अम्बानीले सम्पत्ति बढाएका हुन् । त्यसो त कोरोनाभाइरसको महामारीले अन्य अर्बपतिलाई हानि गरे पनि कतिपयले फाइदा उठाइरहेका छन् । महामारीपछि अम्बानीको टेलिकम कम्पनी जियोले प्रगति गरेको छ । जसले उनको व्यक्तिगत सम्पत्तिमा योगदान पुगेको हो। ६३ वर्षीय अम्बानी मुम्बईमा बस्छन् ।
विगत दुई महिनायता तेलको कारण अप्ठ्यारोमा परेको रिलायन्सलाई जियोले १५ अर्ब डलरभन्दा धेरै लगानी भित्र्याएपछि सहज भएको हो । फेसबुक, जनरल एटलान्टिक, सिल्भर लेक पार्टनर, केकेआर एण्ड कम्पनी, साउदी कम्पनीहरुले जियोको सेयर किनेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया