३६औं आसियान सम्मेलन : कोभिड–१९ विरूद्धको लडाइँ र महामारीपछिको सुधारमा जोड
भियतनाम, असार १४
दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन (आसियान) को ३६औँ सम्मेलन शुक्रबार आरम्भ भएको छ । भियतनामको अध्यक्षतामा हुँदै गरेको यस सम्मेलनमा सदस्य राष्ट्रहरूबीचको थप सहकार्य, कोभिड–१९ विरूद्धको लडाइँ र महामारीपछिको सुधार योजनाबारे छलफल गरिने बताइएको छ । भिडियो सम्मेलनलाई सम्बोधन गर्दै भियतनामी प्रधानमन्त्री ङ्युएन सुआन फुकले सम्मेलन ‘महामारीका कारण सिर्जित कठिनाइलाई व्यवस्थापन गर्न आसियन सदस्य राष्ट्रहरूबीच ‘फेरि एक पटक बलियो ऐक्यवद्धता, राजनीतिक इच्छाशक्ति तथा दृढता’ सहित अघि बढ्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री फुकले आसियन राष्ट्रहरूबीच अनुभव तथा सूचना आदानप्रदान हुँदै आएको चर्चा गर्दै वदलिँदो समयमा समूह राष्ट्रबीच लागि प्रभावकारीरूपमा सहकार्य गर्दै महामारी नियन्त्रणलगायत समग्र क्षेत्रको आर्थिक विकासका लागि थप सक्रिय बन्नुपर्ने बताए । समूह राष्ट्रहरूबीच सहकार्य तथा एकीकरण लक्ष्य सम्पन्न गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने उहाँको धारणा रहेको छ ।
आसियन मुलुकहरूले आपसी लाभका लागि सधैँ साझेदारी गरिरहेको स्मरण गर्दै भने, ‘हामी आर्थिक उदारीकरण र समाकलनका लागि बृहत आर्थिक क्षेत्रीय साझेदारीलाई टुङ्गोमा पु-याउन प्रयासमा प्रतिवद्ध रहनेछौँ ।’ ‘संशक्तिशील तथा उत्तरदायी आसियन’ नारा दिइएको सम्मेलनले कोभिड–१९ प्रतिरोधका औषधिजन्य सामग्रीको आपूर्ति तथा भण्डारणका लागि कोषको व्यवस्था गर्ने तथा महामारीपछिका योजना तयारीबारे बृहत बहस गर्ने बताइएको छ ।
आसियन नेताहरूले ‘आसियन कम्युनिटी भिजन–२०२५’ अन्तर्गत ब्लुप्रिन्टहरूको कार्यान्वयनको मध्यावधि समीक्षा गर्दै आसियान बडापत्रको कार्यान्वयन मूल्यांकन गरी आसियान कार्यक्रमको क्षमतामा सुधार ल्याउने बताएका छन् । सन् १९६७ मा स्थापना भएको क्षेत्रीय संगठनमा ब्रुनेई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेका छन् । भियतनामको दा नाङमा अप्रिलमा सम्पन्न गर्नेगरी तय भएको ३६ औँ सम्मेलन कोभिड–१९ का कारण स्थगित भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया