एसियन लाइफद्वारा मृत्युदाबीबापतको रकम हस्तान्तरण
काठमाडौँ, असार १५
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युुदाबीबापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार सलाङ ५ धादिङ, बस्ने रेवती थापा मगरलाई बीमा दावी रकमबापत १० लाख २६ हजार पाँच सय रूपैयाँ भुक्तानी गरिएको हो । कम्पनीका अनुसार सो रकम निजको श्रीमान स्व. शोभास थापाको मृत्यु भएपछि कम्पनीले प्रदान गरेको हो ।
मृतक शोभास थापाले विसं २०७६ माघ २८ गते कम्पनीको अभिकर्ता दिलिप गिरी मार्फतपाँच लाख रूपैयाँ बीमांकको बीमा गरेका थिए । निजले वार्षिक ३३ हजार पाँच सय ५१ रूपैयाँका दरले १ वटा वार्षिक किस्ताबापत कुल रकम ३३ हजार पाँच सय ५१ रूपैयाँ जम्मा गरेका थिए ।
कम्पनीका अनुसार यहीबीचमा बीमितको मिति २०७६/१०/२९ गते वीमा गरेको १ दिन (२४ घण्टा) नपुग्दै मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएपछि बीमा लाभबापत असार १४ गते भक्तपुर जिल्ला लोकन्थलीस्थित दाबीकर्ताको सम्पर्क ठेगानामै आयोजित एक कार्यक्रमका बीचमा कम्पनीका सहायक महाप्रबन्धक लोक राज जोशीले उक्त चेक दाबीकर्तालाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया