धनबहादुर जप्रेल
महेन्द्रनगर, मंसिर २७
कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १२ ओदालीस्थित महाकाली नदीमाथि निर्माणाधीन चार लेनको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको महाकाली पुल आयोजनाले दाबी गरेको छ । आयोजनाले यसै आर्थिक वर्षमा नै राजमार्गसम्मको छ लेनको पहुँच मार्गलाई कालोपत्रे गरेर सक्काउने बताएको छ ।
महाकाली पुलमा निर्माणाधीन चार लेनको पुलको काम हालसम्म करिब ३६ प्रतिशत काम सम्पन्न भएको दाबी गरेको छ । आयोजनाले यसै आर्थिक वर्षमा ६५ देखि ७० प्रतिशतसम्म काम गरिसक्ने बताएको छ । आर्थिक वर्ष २०७४/७५ मा काम सुरु गरेको पुल आयोजनाले हालसम्म ३६ प्रतिशत काम सम्पन्न भएको आयोजनाका सूचना अधिकारी तथा इन्जिनीयर शुलभ न्यौपानेले बताए ।
हाल पुलको फिडिङ निमार्ण गरी पिल्लर हाल्ने र स्लाब निर्माण गर्ने काम भइरहेको छ साथै पुलदेखि राजमार्गसम्म जोड्ने छ लेनको बाटो निर्माणका लागि नाली बनाई भुजेलादेखि ओदालीसम्म छ लेनको बाटो निर्माण पनि भइरहेको छ । ‘पुलको ३६ प्रतिशत जति काम भइरहेको छ, हाल पुलको पिल्लर हाल्ने र छ लेनको पहुँच मार्गमा नाली बनाइसकेर छ लेनको बाटो निर्माण गर्ने काम भएरहेको छ ।
उक्त बाटोलाई यसै आर्थिक वर्षमा कालोपत्रे गरिसक्ने योजनामा काम गरिहेका छौँ’ इन्जिनीयर न्यौपानेले भने । गत आर्थिक वर्ष २०७४/७५ भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरेपछि पुल निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले निर्माण सामग्री जडान पुलको पिल्लर बनाउने र राजमार्ग जोड्ने छ लेनको सडक निर्माणको कार्य गरिरहेको छ । निर्माण कम्पनीले पुल निर्माणस्थलमा हाल पुलको मुख्य पिल्लरहरू र सहायक पिल्लर बनाउनुका साथै पुलमाथि स्लाबहरू जोड्ने कार्य पनि गरिहेको छ ।
कम्पनिले हालसम्म १३ वटा पिल्लर निर्माण गरिसकेको छ भने पुलको बीच भागमा तीनवटा पिल्लरमा पुलको निर्माणका लागि स्लाब र स्पान जोड्ने काम भइरहेको छ । यसका साथै पारापेटपोष्ट पनि निर्माणको काम भइरहेको छ । भने यसका साथै नयाँपश्चिम तर्फतिर नयाँ पिल्लर निमार्णका लागि फाउण्डेसन खन्ने काम भइरहेको आयोजनाका इन्जिनीयर न्यौपानेले बताए । आगामी माघसम्ममा पुलको पिल्लरको फाउण्डेसनको काम सम्पन गरिसक्ने उनले बताए ।
आयोजनाले हालसम्म पुल निर्माणका क्रममा करिब ९८ करोड रूपैयाँ सकिएको बताएको छ । तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ । पुलको हालसम्म ३६ प्रतिशत काम सम्पन्न गर्दासम्म करिब ९८ करोड रूपैयाँ फछ्र्यौट भइसकेको सूचना अधिकारी न्यौपानेले बताए । आयोजनाले आर्थिक वर्ष २०७४/७५ मा साढे छ करोक बजेट खर्च गरेको बताएको । भने गत आर्थिक वर्ष ७५/७६ मा ८२ करोड ५० हजार बजेट खर्च गरेको थियो । सरकारले यस आर्थिक वर्षमा पुलको लागि ९० करोड विनियोजन गरेकोमा हालसम्म १२ करोड खर्च भइसकेको आयोजनाका इन्जिनीयर न्यौपानेले बताए । यस्तै पुल आयोजनाले पुल आयोजनाको सडकमा पर्ने जग्गाधनीको मुआब्जा वितरणको काम पनि लगभग सकिएको बताएको छ ।
आयोजनाले मुआब्जा वितरणका लागि करिब १० करोड बजेट छुट्याएको थियो । जसमा दर्तावाला जग्गाधनी र ऐलानी जग्गा रहेका जग्गाधनी दुवैलाई मुआब्जाको टुंगो लगाई पारित गर्नका लागि पठाइसकिएको आयोजनाका इन्जिनीयर न्यौपानेले बताए । ‘छ लेनकने सडकमा पर्ने जग्गाधनीलाई मुआब्जा दिन १० करोड बजेट यो वर्ष विनियोजन भएको थियो ।’ न्यौपानेले भने ‘मुआब्जा वितरणको कार्य करिब–करिब पूरा भएकाले सडक निर्माणको लागि सडक छेउको नाली निमार्णको काम पनि सुरु भएरहेको छ, पुलसँगै महाकाली नदीवारि करिब छ किलोमिटरको बाटोलाई यसै वर्षमा कालोपत्रे गर्ने योजना छ’ उनले भने ‘पुलका लागि चालू आवमा ९० करोड रकम आएको छ ।’
महाकाली पुलको निर्माण अवधि तीन वर्ष तोकिएकोमा हाल एक वर्ष थप गरिएको छ । सम्झौताअनसार पुल निर्माण कार्य विसं २०७७ भदौमा सम्पन्न हुने भनिए पनि सरकारका काम कारबाही र ७४ सालको निर्वाचनलगायतका कामले मुअब्जा वितरणलगायतका कामको ढिलाइले गर्दा पुल निर्माणको काम समयमै नसकिने भन्दै एक वर्ष समयावधि थप गरेको सूचना अधिकारी न्यौपानेले बताए । नयाँ सम्झौताअनुसार अब पुलको निर्माण कार्य २०७८ भदौमा सम्पन्न हुने बताए । पुल निर्माण भएपछि उक्त नाका नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास हुने स्थानीयवासीको अपेक्षा रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया