नयाँ दिल्ली, असार १८
महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट पाँच लाख ८५ हजार ४ सय ९३ जना संक्रमित भएका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६ सय ५३ जना कोरोनाभाइरसबाट संक्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दुई लाख २० हजार ११४ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ । कुल संक्रमितमध्ये तीन लाख ४७ हजार ९७९ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म १७ हजार ४ सय जनाको मृत्यु भइसकेको छ । ती मध्ये ५ सय ७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो । प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल संक्रमितको संख्या एक लाख ७४ हजार ७ सय ६१ पुगेको छ । त्यसैगरी तमिलनाडुमा ९० हजार १ सय ६७ जना संक्रमित भएका छन् । अधिकारीहरुका अनुसार तमिलनाडुमा एक हजार २०१ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा ८७ हजार ३ सय ६० जना संक्रमित भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया