रुसी राष्ट्रपति पुटिनको कार्यकाल बढ्ने निश्चित
मस्को, असार १९
रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार हुने गरी मार्गप्रशस्त गर्न संवैधानिक सुधारसम्बन्धी जनमत संग्रहमा भारी बहुमत प्राप्त भएको छ । रुसी केन्द्रीय निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै संवैधानिक सुधारको पक्षमा ७७ दशमलब ९२ प्रतिशत मत प्राप्त भएको जनाएको छ । आयोगका अनुसार कुल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदानमा भाग लिएका थिए ।
रुसी राष्ट्रपति पुटिनले संवैधानिक सुधारसम्बन्धी प्रस्तावमाथि जनताको अभिमत बुझ्न जनमत संग्रहका लागि आह्वान गरेका थिए । जसमा राष्ट्रपतिको कार्यकाल समेत अन्य केही संवैधानिक सुधारका व्यवस्थाहरु रहेका थिए । उनको राष्ट्रपतिको वर्तमान कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदै छ । पछिल्लो जनमत संग्रहले पुटिनलाई अरु दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार हुन मार्गप्रशस्त गरेको छ ।
यस्तै संविधान संशोधन प्याकेजमा राष्ट्रपति र संसदको अधिकार क्षेत्रलाई व्यापक बनाउने प्रस्ताव पनि अनुमोदित भएको छ । राष्ट्रपतिले रुसमा समलिंगी विवाहमाथि प्रतिबन्ध लगाउन सक्ने तथा मजदुरको न्यूनतम ज्याला एवं निवृत्तीभरणको प्रत्याभूति गर्न पाउने व्यवस्थालाई नयाँ जनमत संग्रहले अनुमोदन गरेको छ ।
रुसका दुवै सदनले यसअघि नै संविधान संशोधनसम्बन्धी प्रस्तावलाई स्वीकृत गरिसकेका छन् तर राष्ट्रपति पुटिनले संविधान संशोधनलाई जनमत संग्रहमार्फत अनुमोदन गराउन चाहेको बताएका थिए । रुसमा राष्ट्रपति पुटिनका प्रखर आलोचक अलेक्सी नाभाल्नीले जनमत संग्रहको मतपरिणामप्रति आश्वस्त हुन नसकिने बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया