गोली हानी ग्यास परियोजनाका कामदारको हत्या
मापुतो, असार २३
मोजाम्बिकको उत्तरी क्षेत्रस्थित एक निजी ग्यास परियोजनामा कार्यरत मजदुरमाथि बन्धुकधारीले गोली प्रहार गरी हत्या गरिदिएका छन् । कम्पनीका अनुसार बाटो ढुकेर बसेका बन्धुकधारीले गोली चलाउँदा कम्पनीमा कार्यरत आठ मजदुरको ज्यान गएको छ । उत्तरी मोजाम्बिकमा सन् २०१७ देखि जिहादी विद्रोह जारी छ । यस विद्रोहका कारण उक्त क्षेत्रमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । विद्रोहका कारण तेल उत्खननका कार्यमा पनि असर परेको छ ।
तर प्राकृतिक ग्यास (एनएलजी) का परियोजनामा कार्यरत मजदूरमाथिको आक्रमण भने तुलनात्मक रुपमा कम हुने गरेको अधिकारीहरुले बताएका छन् । फ्रान्सेली तेल उत्पादक टोटलले नियुक्त गरेको फेनिक्स कन्ट्रक्सन सर्भिसले गत महिना आफ्नो कम्पनीमा कार्यरत मजदूरहरु चढेको सवारी साधनमाथि मोजाम्बिकको सेनाको पोशाकमा आएका पाँच जना बन्धुकधारीले गोली चलाउँदा केही मजदूर घाइते भएका र तीन जना अझै बेपत्ता रहेको बताएको छ ।
संयुक्तराष्ट्र संघले गत मे महिनामा सार्वजनिक गरेको अनुमान अनुसार विद्रोही समूहको आक्रमणबाट बिस्थापित हुनेको संख्या दुई लाख १० हजार पुगिसकेको छ । तर पछिल्लो समयमा निरन्तर जारी आक्रमणका कारण बिस्थापितको संख्या दुई लाख ५० हजार नाघेको स्थानीय सहायता निकायहरुले बताएका छन् । मोजाम्बिकको उत्तरी क्षेत्रमा आक्रमणहरु भइरहे पनि टोटलले २३ अर्ब डलरको ग्यास परियोजनालाई निरन्तरता दिने बताएको छ । (रासस–एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया