भारत, असार २५
भारतको मुम्बईमा रहेका होटलहरु बुधबारदेखि खुलेका छन् । तर उनीहरुको क्षमताको ३३ प्रतिशत मात्र सञ्चालन गर्न पाइने भएको छ । एएनआईका अनुसार ती होटलका अरु ६७ प्रतिशत क्षमताका कोठाहरु भने सरकारले कोरोना भाइरसका संक्रमितहरुलाई राख्ने क्वारेन्टाइनको प्रयोजनका लागि सरकारलाई नै प्रयोग गर्न दिइने बताइएको छ । तीन महिनाभन्दा लामो समयदेखि बन्द रहेका यहाँका होटलहरु बुधबारदेखि भने खुलेको मुम्बईबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सो समाचारअनुसार ती होटलहरुले भने कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सक्दो मात्रामा सतर्कता अपनाएको बताएका छन् ।
यसअघि महाराष्ट्र सरकारले यहाँका होटलहरु सञ्चालन गर्न दिएको थिएन । महाराष्ट्र भारतमा सबैभन्दा बढी मात्रामा कोरोना भाइरसको संक्रमण हुने राज्यका रुपमा पर्दछ । होटलको क्षमताअनुसारका पाहुनाहरु राख्न र सेवा गर्न पनि पाइनेछैन । ती होटलहरु खुल्नुअगाडि पनि राम्रोसँग सफा गर्ने र स्यानिटाइजर प्रयोग गरेर संक्रमण हुन नदिने अवस्थामा ल्याइएको बताइएको छ । एउटै होटलमा कतै पाहुनालाई सेवा दिने र कतै क्वारेन्टाइन बनाइ राख्ने गर्दा झनै संक्रमणको खतरा हुने भएकोले यी दुई क्षेत्रलाई अलग अलग गरेर राखिएको बताइएको छ ।
मुम्बई भारतको आर्थिक राजधानीका रुपमा पनि चिनिन्छ । यहाँ पर्यटन व्यवसायका ठूला संरचनाहरु रहेका बताइन्छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा मात्र दुई लाख १७ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भएको देखिएको छ । ती मध्ये १ लाखभन्दा बढी व्यक्ति निको भएर घर फर्किएका छन् भने करिब ९० हजार अझै पनि संक्रमित रहेका छन् । यो राज्यमा मात्र कोरोनाको संक्रमणबाट ९ हजार २५० जनाको ज्यान गएको यहाँको सरकारले जानकारी दिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया