बैंकिङ कसुरका फरार प्रतिवादी लोहनी पक्राउ
काठमाडौं, साउन १४
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पारस लोहनी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरका फरार प्रतिवादी नुवाकोट थानापति घर भई ललिपुर महानगरपालिका १४ तिखेदेवल बस्ने ४३ वर्षीय लोहनीलाई काठमाडौं मातातीर्थबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७६ माघ २९ गतेको फैसलाले लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुने ठहर भए पनि लोहनी सजाय भुक्तान नगरी फरार रहेका थिए । लोहनीलाई फैसला कार्यान्वयनको लागि मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।
सीआईबीका अनुसार आकाश लामिछाने समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पारस लोहनी भएको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७६ माघ २९ गतेको फैसलाले लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुुने ठहर गरेको थियो । सोपश्चात् सजाय बेरुजु रही फरार रहेका लोहनीलाई सोमबार मातातीर्थ, काठमाण्डौंबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुुन् ।
सीआईबीका अनुसार प्रतिवादी लोहनीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवाला आकाश लोहनी समेतका अन्य दुई जनालाई झुक्यानमा पारी विभिन्न मितिमा विभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निज प्रतिवादीको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लिखित सजाय हुने गरी फैसला भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया