आज ११ अर्ब तीन करोड रुपैयाँको ट्रेजरी बिक्री हुने
काठमाडौं, पुुस ७
नेपाल राष्ट्र बैंकले आज सोमबार ११ अर्ब तीन करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति पुुस ८ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको चार अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको छ ।
सोमध्ये ९१ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि २०७६ चैत ११ गते, एक सय ८२ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ असार ९ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ साल पुुस ७ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही मंसिर ३० गते पनि राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको आठ अर्ब २३ करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया