बाँके, साउन १६
कतार च्यारिटीको आर्थिक सहयोगमा बाँके युनस्को क्लबले जिल्लाका विभिन्न स्थानका अतिविपन्न परिवारलाई आर्थिक समृद्धि र जीविकोपार्जनका लागि बाख्रा र कुखुराका चल्ला वितरण गरेको छ । क्लबले एक औपचारिक कार्यक्रम आयोजना गरी जिल्लाका नेपालगन्ज उपमहानगर, खजुरा, राप्तीसोनारी र जानकी गाउँपालिकाका १५ अतिविपन्न परिवारलाई जिविकोपार्जनका लागि ९ लाख ३९ हजार ७५ रुपियाँ बराबरको बाख्रा र कुखुराका चल्ला वितरण गरेको हो ।
गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह र क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले विपन्न परिवारलाई बाख्रा र चल्ला वितरण गरेका हुन् । सो अवसरमा जीविकोपार्जनका लागि बाख्रापालन परियोजना अन्तर्गत १० विपन्न परिवारलाई प्रतिपरिवार ५ वटा पाठी बाख्रा र एउटा बोको गरेर ६ लाख ८५ हजारको वितरण गरिएको क्लबका संरक्षक सिद्दिकीले बताए ।
उनले जीविकोपार्जनका लागि साना किसान सहायता परियोजनाअन्तर्गत कुखुरापालन कार्यक्रमबाट ५ वटा विपन्न परिवारलाई प्रति परिवार सयवटा कुखुराका चल्ला, २ क्विन्टल दाना, ३ वटा पानी खुवाउने फिडर र ३ वटा वाटर ड्रम गरेर २ लाख ५४ हजार ७५ रुपैयाँको वितरण गरिएको बताए । राप्तीसोनारी गाउँपालिका ७ का पाँच परिवारलाई कुखुरापालनका लागि चल्ला लगायत अन्य सामाग्री वितरण गरिएको थियो भने राप्तीसोनारी ७ कै ३ परिवार, नेपालगन्ज उपमहानगरका ३ परिवार, खजुराका ३ परिवार र जानकी गाउँपपालिकाका १ परिरवार गरेर १० परिवारलाई बाख्रा र बोका वितरण गरिएको क्लबले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया