भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण
नयाँ दिल्ली, साउन १९
भारतीय संघीय सरकारका गृहमन्त्री अमित शाहलाई कोभिड–१९ संक्रमण भएको छ । भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका मन्त्री शाहले आइतबार ट्विटरमार्फत आफूलाई कोभिड–१९ संक्रमण पुष्टि भएको बताएका हुन् ।
मन्त्री शाहले आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई कोभिड–१९ संक्रमण परीक्षण गर्न आग्रहसमेत गरेका छन् । शाहले ट्विटमा भनेका छन्, ‘केही लक्षणहरूको आधारमा गरिएको परीक्षणले मलाई कोरोनाभाइरस संक्रमण भएको देखिएको छ । संक्रमणका बावजुद पनि मलाई अन्य शारीरिक समस्या देखिएको छैन । तर स्वास्थ्यकर्मीको सल्लाहमा म आफूलाई अस्पतालमा भर्ना गर्दै छु ।’
उनले विगत केही दिनहरुमा आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि तुरुन्तै एक्लै बस्न र परीक्षण गर्न आग्रह गरेका छन् । शनिबार मात्रै उत्तर प्रदेशमा मन्त्री कमला रानीको लखनउमा कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको थियो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया