काठमाडौं, पुस ७
एनआईसी एसिया बैंक लिमिटेडले आईभीआर सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेकोमा थप परिस्कृत र अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले आईभीआर (इन्ट्र्याक्टिभ भ्वाइस रेस्पोन्स) सेवा सञ्चालनमा ल्याएको हो । यसप्रकारको सेवा नेपाली बैंकिङ क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
ग्राहकले आईभीआर सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आईभीआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ सेवाबारे जानकारी समेत पाउन सक्नुहुनेछ । आईभीआर सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहक महानुभावहरूले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आईभीआर सेवा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुवै माध्यमबाट गर्न सक्नेछन् ।
ग्राहकहरूले एसएमएसद्वारा आईभीआर दर्ता गर्नका लागि सर्वप्रथम दर्ता गर्नका लागि आईभीआर इस्पेस आफ्नो खाता नम्बर टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ । एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ । दर्ता प्रक्रिया समाप्त भए आईभीआरपश्चात् सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सक्नेछन् । ग्राहक महानुभावहरूले फोन कलद्वारा आईभीआर दर्ता गर्नका लागि निम्नानुसारको तरिका अपनाउनु पर्नेछ । आईभिआर सेवा प्रयोग गर्नका लागि ग्राहक महानुभावहरूले आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट यस बैंकको आईभीआर नम्बर ०१–५९७०१०० मा डायल गरिसकेपछि ग्राहधहरूको सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
यो सेवाको प्रयोगबाट ग्राहक महानुभावहरूले आफूलाई अनुकुल हुने समयमा आफ्नो खाताबारे जानकारी पाउन सक्नुहुनेछ । जसबाट समयको बचत हुनुका साथै सहज ढंगले आफ्नो खाताको बारेमा निरन्तर अद्यावधिक जानकारी प्राप्त गर्न सक्नुहुनेछ । यसप्रकारको सेवा नेपाली बैंकिङ क्षेत्रमै पहिलो भएको र यस सेवाबाट आम ग्राहकवर्ग धेरै लाभान्वित हुने विश्वास बैंकले लिएको छ साथै आगामी दिनहरूमा यो सेवालाई अझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर तीन सय १३ शाखा कार्यालयहरू, चार सय पाँचवटा एटीएम, ९६ वटा एक्स्टेन्सन काउन्टर एवं ४४ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन अर्ब १५ करोड रूपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया