काठमाडौं, साउन ३०
सेयर बजार परिसूचक साताको अन्तिम कारोबार दिन पनि ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बजार परिसूचक १६ दशमलव ५३ अंकले ओरालो लागेर १४ सय आठ दशमलव ७९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४५ अंकले ओरालो लागेर दुुई सय ९३ दशमलव ८४ अंकमा झरेको छ । यसदिन एक सय ९१ कम्पनीहरूको २१ हजार तीन सय ६७ वटा कारोबार भएका छन् । सोही आधारमा ३३ लाख ४४ हजार एक सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब चार करोड ८९ लाख ११ हजार सात सय ९१ रूपैैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार टे«डिङ समूहको सूचक शून्य दशमलव ५३ अंकले उकालो लागेर आठ सय ३० दशमलव ३९ अंकमा चढेको छ भने बाँकी समूहको सूचक ओरालो लागेका छन् । जसअनुसार वाणिज्य बैंक समूहको सूचक १६ दशमलव तीन अंकले ओरालो लागेर १२ सय एक दशमलव ७३ अंकमा झरेको छ भने विकास बैंक समूहको सूचक १५ दशमलव ८९ अंकले ओरालो लागेर १७ सय ६५ दशमलव ५४ अंकमा झरेको छ । जलविद्युुत् समूहको सूचक पनि १० दशमलव ३२ अंकले ओरालो लागेर नौ सय ५५ दशमलव ४१ अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि २७ दशमलव ९७ अंकले ओरालो लागेर २३ सय ७७ दशमलव ६१ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ७६ दशमलव ७५ अंकले ओरालो लागेर छ हजार छ सय ५२ दशमलव ५४ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ९९ दशमलव ५२ अंकले ओरालो लागेर आठ हजार पाँच सय १६ दशमलव ५७ अंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक दशमलव ८४, चार दशमलव ९१, ३२ दशमलव ६४, पाँच दशमलव ५७ र शून्य दशमलव शून्य दुुई अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ८६ पैसाले बढेर छ सय ३५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको स्वदेशी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ८६ पैसाले बढेर छ सय ३५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य पाँच रुपैयाँ ६८ पैसाले घटेर एक सय ६६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य चार रुपैयाँ ७९ पैसाले घटेर पाँच सय १७ रुपैयाँमा किनबेच भएको छ । यसैगरी ग्लोबल आईएमई लघुुवित्त वित्तीय संस्था, लुुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १३ सय ३९ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ३३ लाख २४ हजार आठ सय ८४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको पनि पाँच सय ८१ रुपैयाँ अन्तिम मूल्यमा सात करोड पाँच लाख ६० हजार दुुई सय ५८ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, अजोड इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया