भारतको कुल ग्रार्हस्थ्य उत्पादनमा साढे १६ प्रतिशत गिरावट आउने प्रक्षेपण
नयाँ दिल्ली, भदौ २
भारतीय स्टेट बैंक (एसबीआई)का अर्थशास्त्रीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनमा १६.५ प्रतिशतको गिरावट आउनसक्ने अनुमान गरेका छन् । भारतीय मिडियाहरुका अनुसार यसअघि पनि उनीहरुले रिपोर्ट तयार गर्दै चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा जीडीपी २० प्रतिशतले घट्ने अनुमान गरेका थिए । तर त्यसलाई उनीहरुले संशोधन गरेको बताइएको छ ।
एसबीआईका अर्थशास्त्रीहरुले सोमबार यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् । भारतका केही वित्तीय र बाँकी गैरवित्तीय कम्पनीहरुले आर्थिक वर्ष २०२०/२०२१ मा आयमा गिरावट आए पनि आशा गरेभन्दा राम्रो भएको देखिएको छ । अहिलेसम्म करिब १ हजार सूचीकृत कम्पनीहरुले पहिलो त्रैमासिकको वित्तीय परिणाम घोषणा गरिसकेका छन् । कम्पनीहरुको आयमा २५ प्रतिशतभन्दा धेरै गिरावट आएको तथा खुद आय लाभमा पनि ५५ प्रतिशतभन्दा कमी आएको पाइएको छ । यद्यपि कर्पोरेट जीबीएमा गिरावट केवल १४.१ प्रतिशत रहेको छ ।
रिपोर्टमा जिल्लाहरुको आफ्नो आफ्नो राज्याको कुल राज्य गार्हस्थ्य उत्पादन (जीएसडीपी)मा हिस्सेदारी करिब २ देखि ४ प्रतिशत छ । कोभिड १९ का कारण जीएसडीपीमा कुल १६.८ प्रतिशतको नोक्सानी हुने देखिएको हो । यसअनुसार कुल भारतीय जीडीपी घट्नुमा ठूला १० राज्यको हिस्सेदारी ७३.८ प्रतिशत हुन आउँछ । यसमा महाराष्ट्रको योगदा १४.२ प्रतिशत छ । त्यसपछि तमिलनाडु ९.२ प्रतिशत र उत्तरप्रदेश ८.२ प्रतिशत छ । योअनुसार कुल भारतीय प्रतिव्यक्ति नोक्सानी करिब २७ हजार भारु हुन आउँछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया