सेयर बजार नौ दशमलव ३४ अंकले उक्लियो
काठमाडौं, भदौ १०
सेयर बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन १४ दशमलव ३१ अंकले उकालो लागेको बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार नौ दशमलव ३४ अंकले उकालो लागेर १४ सय ४० दशमलव ९४ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन शून्य दशमलव ८३ अंकले उकालो लागेर दुुई सय ९३ दशमलव ९७ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८९ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार २४ हजार एक सय एकवटा कारोबारमा ३९ लाख ४० हजार छ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा कुुल कारोबार रकम एक अर्ब ८५ करोड ५१ लाख ८० हजार पाँच सय १० रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये तीनवटा समूहको सूचक ओरालो लागेका छन् भने बाँकी समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव दुुई अंकले उकालो लागेर ११ सय ९९ दशमलव ८७ अंकमा चढेको छ भने जलविद्युुत् समूहको सूचक पनि छ दशमलव ८८ अंकले उकालो लागेर नौ सय ६३ दसमालव ७४ अंकमा चढेको छ ।
निर्जीवन बीमा समूहको सूचक पनि २६ दशमलव ६७ अंकले उकालो लागेर सात हजार एक सय २३ दशमलव ८९ अंकमा चढेको छ भने जीवन बीमा समूहको सूचक पनि एक सय ४९ दशमलव २७ अंकले उकालो लागेर नौ हजार छ दशमलव २० अंकमा चढेको छ । यीबाहेक विकास बैंक, होटल, फाइनान्स, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः दुुई दशमलव ७७, १० दशमलव दुुई, एक दशमलव ७७, १६ दशमलव ५८, १४ दशमलव २४ र शून्य दशमलव शून्य तीन अंकले उकालो लागेका छन् । यसदिन ट्रेडिङ समूहको सूचक भने तीन दशमलव छ अंकले घटेर आठ सय ७४ दशमलव ९६ अंकमा पुुग्दा उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः सात दशमलव २५ र शून्य दशमलव शून्य एक अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य सात रुपैयाँ ६९ पैसाले बढेर छ सय ७२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य छ रुपैयाँ १९ पैसाले बढेर सात सय ३८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक गुहेश्वरी मर्चेन्ट फाइनान्स, हिमालयन ऊर्जा विकास कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको समृद्धि फाइनान्सको सेयर मूल्य छ रुपैयाँ ५४ पैसाले घटेर एक सय ४३ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि चार रुपैयाँ ९२ पैसाले घटेर ५८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेसनल हाइड्रोपावर कम्पनी, पोखरा फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता छ सय ७२ रुपैयाँ अन्तिम मूल्यमा २८ करोड ७४ लाख पाँच हजार आठ सय ९८ रुपैयाँको सेयर किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सात सय ३१ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड २६ लाख ५५ हजार दुुई सय छ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुुसार यसदिन नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको एक करोड १३ लाख २६ हजार आठ सय २१ कित्ता सेयर नियमित कारोबारको लागि सूचीकृत भएको छ । नेप्सेका अनुसार उक्त कम्पनीको सेयर कारोबारको लागि प्रतिकित्ता सेयर मूल्य एक सय दुुई रुपैयाँ छ पैसादेखि तीन सय छ रुपैयाँ १८ पैसाको बीचको मूल्य तोकिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया