ग्याटविकको यात्रु संख्या डेढ करोडले घट्यो
लन्डन, भदौ १५
ग्याटविक एयरपोर्टको यात्रु संख्यामा ह्वात्तै गिरावट आएको छ । सन् २०२० को पहिलो छ महिनासम्ममा १ करोड ४७ लाखले यात्रु घटेको एयरपोर्टले जनाएको छ । कोरोना महामारीका कारण विश्वभर यात्रा प्रतिबन्ध जारी गरेपछि विमानस्थलको यात्रु घटेको छ । व्यवसाय उँधो लागेपछि कम्पनीले ३४ करोड ४० लाख पाउन्ड स्टर्लिङ घाटा व्यहोरिसकेको छ ।
सामान्य अवस्थामा फर्किने संकेत अझैसम्म नदेखिएको ग्याटविकले जनाएको छ । उसले कोभिड महामारी सुरु हुनुअघिको अवस्थामा फर्किन चार/पाँच वर्ष लाग्ने समेत बताएको छ । बेलायतको वेस्ट ससेक्समा रहेको विमानस्थलले महामारीको कारण नराम्ररी आर्थिक नोक्सानी व्यहोरेको छ ।
विमान सेवा प्रदायक भर्जिन एटलान्टिकले ग्याटविकको अपरेसन बन्द गर्ने जनाइसकेको छ भने ब्रिटिश एयरवेजले पनि छोटो दूरीका उडान हिथ्रोमा शिफ्ट गरेको छ । उक्त विमानस्थलमा उसले धेरै कर्मचारी कटौती समेत गरिसकेको छ । तथ्यांकअनुसार ग्याटविक भएर यात्रा गर्ने संख्या ६६ प्रतिशतले घटेर केवल ७५ लाखमा झरेको छ । यो जुनसम्मको छ महिने तथ्यांक हो ।
विमानस्थलले यो अवधिमा ३४ करोड ३९ लाख करअघिको नोक्सानी व्यहोरेको छ । एक वर्षअघिको सोही समयमा कम्पनीले ५ करोड ९४ लाख नाफा आर्जन गरेको थियो । विमानस्थलले यसअघि नै छ सय रोजगारी कटौती गर्ने योजना घोषणा गरिसकेको छ । अहिले ७५ प्रतिशत कर्मचारीले सरकारले दिएको राहत स्किममा काम गरिरहेका छन् भने त्यो सुविधा अक्टोबरपछि बन्द हुनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया