अमेरिकी बेरोजगारी दर घटेर १० प्रतिशत तल
वासिड.टन, भदौ २१
अगस्ट महिनामा अमेरिकी बेरोजगारी दर घटेर १० प्रतिशतभन्दा तल पुगेको छ । केही कम्पनीहरुले नयाँ र अस्थायी कर्मचारी नियुक्ति थालेपछि बेरोजगारीमा सुधार भएको बताइएको छ ।
ती कम्पनीहरुले उक्त महिना १४ लाख नयाँ रोजगारी सिर्जना गरेका छन् । सार्वजनिक तथ्यांकअनुसार कोरोनाको महामारी सुरु भएयता बेरोजगारी दर पहिलोपटक १० प्रतिशतभन्दा तल पुगेको हो । त्यस्तै लगातार चार महिनायता अमेरिकाको रोजगारीमा निरन्तर सुधार देखिएको छ । कोरोनाभाइरस संक्रमणको त्रासले गरिएका कडाइ खुकुलो हुनथालेपछि आर्थिक क्षेत्र पनि जुर्मुराउन थालेको एजेन्सीहरुले बताएका छन् ।
यसका बाबजुद फेब्रुअरी महिनाको बेरोजगारी दरभन्दा अहिलेको नयाँ दर अझै बढी रहेको छ । अप्रिलमा अमेरिकी राज्यहरुले नागरिकलाई घरमै बस्ने आदेश जारी गरेका थिए । सो आदेशसँगै व्यापार व्यवसाय ठप्प हुँदा अमेरिकाको बेरोजगारी दर १४.७ प्रतिशतसम्म पुगेको थियो । अहिले सुधारको संकेत देखिए पनि यो दिगो नभएको बताइएको छ ।
अमेरिकामा सरकारले दिने राहत प्याकेज र साना व्यवसायीले पाउने अनुदान सुविधा बन्द भइसकेको छ । ह्वाइट हाउस र संसदबीच कुरा नमिल्दा पछिल्लोपटक राहत प्याकेज पारित भएन । तर अर्थशास्त्रीहरुले भने फेब्रुअरीकै अवस्थामा फर्किन अझै नौ महिना कुर्नुपर्ने बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया