Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाँकेमा २ करोड खर्चेर स्थापना भएको आइसोलेट सेन्टर बन्द

बाँकेमा २ करोड खर्चेर स्थापना भएको आइसोलेट सेन्टर बन्द


जिएम यादव
बाँके ।
बाँकेको खजुरा गाउँपालिकामा सञ्चालन भएकोे कोरोनाविशेष अस्पतालमा संक्रमितका लागि सेवा बन्द भएको छ । बाँकेमा शुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई कोरोनाविशेष अस्पताल बनाउनमा दुई करोड १५ लाख खर्च भएको उक्त विशेष अस्पतालमा कोरोना सक्रमितका लागि सेवा बन्द गरिएपछि बजेट बजेट सदुपयोग हुन नसकेको जस्तै भएको छ ।

सरकारले उक्त अस्पतालाई कोरोना विशेष अस्पताल घोषणा गरेको थियो । त्यसपछि व्यवस्थापनका साथै कर्मचारी तलब, अक्सिजन, औषधि, खाना र यातायातमा यतिको बजेट खर्च भएको भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापा बताउँछन् । सरकारले खजुरामा कोरोना विशेष अस्पतालको काम थालनी गर्दा सुरूमा तलब ५० लाखसहित दुई करोड बजेट पठाएको थियो । त्यसपछि ३५ लाख जति आएको उनी बताउँछन् । जसमा २० लाख जति रकम खर्च गर्न नमिल्ने भएपछि फिर्ता गएको छ ।

उनका अनुसार खजुरा अस्पतालका लागि सरकारले करिब दुई करोड १५ लाख खर्च गरेको छ । तर, अहिले उक्त अस्पतालमा कोरोना संक्रमितको सेवा बन्द गरिएपछि सो लगानी वालुवामा पानीझैँ भएको स्थानीय जानकार बताउँछन् । कोरोना विशेष आइसोलेसन अस्पताल शनिबारदेखि बन्द भएसँगै यहाँ क्यान्सरका बिरामीलाई उपचार गरिने अस्पतालका अध्यक्ष भक्तबहादुर केसी बताउँछन् । खजुराको आइसोलेसन अस्पतालका रूपमा दुई बेड भ्यान्टिलेटर, छ बेड आईसीयूसहित ५० बेडको कोरोनाविशेष आईसोलेसन अस्पताल बन्द भएसँगै यहाँबाट पाउने सेवा नेपालगञ्जको भेरी अस्पतालबाट दिन थालिएको छ ।

कोभिड १९ को जोखिम भएकै बेला क्यान्सरका बिरामीलाई पनि सेवा दिनुपर्ने भएकाले कोरोना अस्पतालको विकल्प तयार भएपछि मात्र बन्द गरिएको उनी बताउँछन् । वैशाख १९ गतेदेखि अहिलेसम्म एक सय ९७ जना कोरोना पोजेटिभको सफल उपचार गरिएको बताए । उनले गत शनिबार अन्तिम लटमा २२ जना कोरोना जितेर घर फर्किएको खजुरा क्यान्सर अस्पताल डाक्टर प्रविण गुप्ताले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया