काठमाडौँ ।
‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले किसानहरूको समृद्धिको लागि किसान समृद्धि कार्डको सुविधा सञ्चालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरूप सम्पूर्ण कृषकहरूको समृद्धिको लागि बैंकले यो कार्ड सेवाको सुरुवात गरेको जनाएको छ ।
कुनै पनि कृषि पेसामा आबद्ध ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमितरूपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाको रूपमा बढी रकम पनि झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यो ऋण सुविधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रूपमा राख्न सकिन्छ र प्रतिकृषक परिवार पाँच लाख रुपैयाँसम्मको ऋण सुविधा उपलब्ध गराइन्छ । यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी बचत खाता खोल्नुपर्नेछ । उक्त खातामा ग्राहकको बचत भएसम्म बैंकले ब्याज प्रदान गर्नेछ भने यदि खातामा भएको बचतभन्दा बढी रकम झिकेमा बैंकलाई ब्याज बुझाउनुपर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खुद ब्याज रकमको गणना हुनेछ ।
यो ऋण सुविधा कृषिलाई मुख्य पेसाको रूपमा अँगाल्ने कृषकहरूलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइनेछ, जुन आफूलाई रकम आवश्यक परेको बखतमा सजिलै उपयोग गर्न सकिनेछ । यो ऋण सुविधाको लागि कुनै फर्म दर्ता गर्नेपर्ने भन्ने छैन । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकाअनुसार यस सुविधाको ब्याजदरमा पाँच प्रतिशत अनुदान प्राप्त हुने भएकोले न्यून ब्याजदरमै यो सुविधा उपभोग गर्न सकिनेछ ।
हाल कोरोनाको कारणले सिर्जित विषम परिस्थितिमा कृषि स्वरोजगारमार्फत कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुविधा ल्याएको हो । हालसम्म चार लाख ७० हजारभन्दा बढी ग्राहकहरू रहेको करिब ६८ अर्ब ६० करोड रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ५५ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेकोे छ । बैंकले हाल एक सय १४ वटा शाखाहरू तथा दुुईवटा एक्स्टेन्सन काउन्टर र पाँचवटा शाखारहित बैंकिङ सेवा काउन्टरबाट वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया