कञ्चनपुरका मसिनो धान खेती गर्ने किसानलाई अनुदान
धन बहादुर जप्रेल
कञ्चनपुर ।
मसिनो चामल आयातलाई प्रतिस्थापन गर्न कञ्चनपुरका मसिनो धानखेती गर्ने किसानलाई अनुदान दिइने भएको छ । मसिनो धानको बीउ तथा मलमा अनुदान दिँदै प्राविधिक सहयोग समेत गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारले लिएको छ । मोटो धान रोपेर बिक्री गर्ने र मसिनो चामल किनेर खाने गर्दा वर्षेनी नेपालमा चामल आयात बढ्दो छ । यसलाई रोक्न नेपालमै मसिनो धान उत्पादन गर्न नमुना उत्पादन सुरु गरिएको हो ।
किसान परियोजना २ तथा कृषि ज्ञान केन्द्रसँगको सहकार्यमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले मसिनो धान उत्पादनको काम गरिरहेको छ । यसका लागि ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराई नमुना उत्पादन गरिएको छ । कञ्चनपुरका किसानहरूलाई मसिनो धान उत्पादनमा आत्मनिर्भर बनाउन नमुना उत्पादन थालिएका क्षेत्रको सरोकारवाला निकायले अनुगमन गरेका छन् । भूमि व्यवस्था कृषि तथा सरकारी मन्त्रालय, किसान परियोजना, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिककीरण परियोजना, उदयदेव बहुउद्देश्यीय सहकारी संस्थालगायतको टोलीले मसिनो धानको नमुना उत्पादनको सयुक्त अनुगमन गरेको हो ।
मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले धानको उन्नत जातको उत्पादन प्रदर्शनी गरेको प्लटको अनुगमन गरेको बताए । किसान परियोजना २ का जनकनारायण आचार्यले धान उत्पादनबाट किसानलाई उचित मूल्य दिलाउन र चामल आयात प्रतिस्थापन गर्न मसिनो धानखेतीलाई प्रोत्साहित गरिएको बताए । मसिनो चामलको आयात बढ्दो क्रममा रहेको कारण भारतीय बजारसँग प्रतिस्प्रधा गर्नुपर्ने भएकोले किसानले अन्य धानबराबरकै लगानीमा मसिनो धानबाट राम्रो फाइदा लिन सक्ने उनले बताए ।
कृषि क्षेत्रमा लगानी गर्दै आएको कञ्चनपुरको सबैभन्दा पुरानो उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख गणेशबहादुर चन्दले सहकारीले अनुदान उपलब्ध गराएका किसानहरूको खेतबारीमै पुगेर किसानका समस्या बुझ्ने र आगामी दिनमा यसलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भनेर संयुक्त अनुगमन गरिएको बताए । मसिनो धानबाट उत्पादन राम्रो हुने लक्षण देखिएपछि किसान खुशी भएका छन् ।
आगामी दिनमा पनि समय समयमा प्राविधिक सल्लाह, मलखाद र उन्नत जातका बीउबिजनहरू उपलब्ध भए अझै राम्रो हुने किसानहरूको भनाइ छ । किसान परियोजना २ अन्तर्गत भिमदत्त नगरपालिकामा उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा ५० हेक्टर, बेलौरी नगरपालिकामा सम्झौता सहकारी र सृजनशील सहकारीसँगको सहकार्यमा १० हेक्टर र कृष्णपुर नगरपालिकामा सृजनशील सहकारीसँगको सहकार्यमा ५० हेक्टर गरी कुल दुई सय हेक्टरमा उन्नत जातको मसिनो धानको नमुना उत्पादन गरिएको हो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया