काठमाडौं, पुस ११
कैलाश विकास बैंकले ललितपुर महानगरपालिका २३ धापाखेलमा शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । उक्त शाखाको शुभारम्भ ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बिहीबार गरेका हुन् । यो नयाँ शाखा सहित बैंकको काठमाडौँ उपत्यका भित्र २५ र उपत्यका बाहिर ७७ गरी जम्मा एक सय दुुईवटा शाखा पुगेका छन् ।
बैंकको एटीएम काउन्टरको संख्या ४० पुगेको छ । बैंकले निकट भविष्यमा प्राइम कमर्सियल बैंक लिमिटेडसँग समाहित (एक्युजिसन) हुन र आव ०७५/७६ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई १६ प्रतिशत बोनस सेयर र दुई दशमलव ७७ प्रतिशत नगद लाभांश गरी कुल १८ दशमलव ७७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्न यही पौष २५ गते शुक्रबार २६औँ वार्षिक साधारणसभा आह्वान गरेको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
राष्ट्रियस्तरको यस विकास बैंकको चुक्ता पुँजी दुई अर्व ५२ करोड रहेको छ । बैंकले हाल सम्म ३३ अर्ब ६९ करोड निक्षेप संकलन गरी २८ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाएल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर लगानीकर्ताहरूको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवालगायतका सेवाहरू प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया