पाँच तारा साकोसको नाफा दुई करोड ६२ लाख
काठमाडौं ।
पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६।७७ मा दुई करोड ६२ लाख १५ हजार खुद मुनाफा आर्जन गरेको छ । मुनाफा अघिल्लो आव २०७५।७६ को भन्दा ६९ लाख छ हजार रूपैँयाले बढी रहेको संस्थाले जनाएको छ । संस्थाको १३औं वार्षिक साधारणसभामा संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७६।७७ को आर्थिक विवरण पेस गर्दै सेयर पुँजी छ करोड ३२ लाख २८ हजार रूपैयाँ, बचत संकलन ४१ करोड ६६ लाख ८७ हजार रूपैयाँ र ऋण लगानी ४६ करोड एक लाख २४ हजार रूपैयाँ पुगेको जानकारी दिए । संस्थाको कुल कारोबार ५९ करोड आठ लाख ७० हजार पुगेको छ ।
पुँजी फिर्ता कोषलाई योगदानको आधारमा ऋण लगानीमा ६० प्रतिशत र बचत योगदानमा ४० प्रतिशत हुनेगरी बाँडफाँड गर्नुपर्ने कानुनी व्यवस्था भए पनि संस्थाले पुँजी फिर्ता कोष कार्यविधि तयार गरिनसकेकाले सेयर अनुपातका आधारमा सक्रिय सदस्यहरूका लागि दामासाहीरूपमा बाँडफाँड गर्ने भएको छ । नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो । साधारणसभामा नेफ्स्कुनका अध्यक्ष पौडेलले सहकारी क्षेत्र अब डिजिटाइजेसन र सर्भिस्टाइजेसनमा जाने बेला आएको बताए ।
कोभिडको प्रभाव बढेसँगै मुलुक आर्थिक मन्दीमा जानसक्ने संकेत देखिएकाले सदस्यहरूको आर्थिक स्तरलाई माथि उठाउन सहकारीहरूले व्यावसायिक निरन्तरता योजना तत्काल कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । नेफ्स्कुनले व्यवसाय प्रवद्र्धनका सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोषहरूसँग सहकार्य गरेर काम गरिरहेको र कोभिडका बीचमा सदस्यहरूको सामना शक्ति विकास गर्नेतर्फ केन्द्रित भएको उनले बताए ।
संस्थाका अध्यक्ष भोलानाथ पाठकले कोरोना भाइरस र लकडाउनका कारण आर्थिक समस्यामा परेका सदस्यहरूलाई राहत उपलब्ध गराउनेदेखि भोजन दानमा समेत संस्थाले सहभागिता जनाएको बताए । संस्थाले उद्यमशीलता विकासका लागि उद्यम विकास खाता सुरु गरेको र कृषि तथा महिला उद्यमी कर्जा सहुलियत दरमा लगानी गर्ने योजना अघि बढाएको अध्यक्ष पाठकले बताए ।
प्राकृतिक विपत्तिहरू आउँदा त्यसलाई व्यवस्थापन गर्न प्राकृतिक विपत्ति कोषको स्थापना गरेको र उक्त कोषमा हालसम्म सात लाख सात हजार ९१६ रूपैयाँ जम्मा भएको जानकारी उनले दिए । संस्थाले स्मार्ट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको र निकट भविष्यमै एससीटी नेटवर्कमार्फत एटीएम सेवा सुरु गर्ने योजना रहेको उनको भनाइ थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सुन तस्करीको आरोप लागेका सुमनमान ताम्राकारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया