सानिमा बैंकका ग्राहकहरूलाई सस्तो डिलमा सामान किन्दा छुट
काठमाडौं ।
सानिमा बैंकका ग्राहकहरूले सस्तो डिलमा सामान किन्दा छुट पाउने भएका छन् । बैंकका अनुसार नेपालीहरूको महान चाड बडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि विभिन्न छुटका योजनाहरू ल्याउने क्रममा बिग डिल एट सस्तो डिल योजना सार्वजनिक गरिएको हो ।
अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको मोबाइल बैंकिङ एप, सानिमा सजिलो ई–बैंकिङ प्रयोगकर्ताले क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम दुई हजार पाँच सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई फर्स्ट कम फर्स्ट सर्भको आधारमा छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यो योजना २७ आश्विनदेखि १ कात्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ । बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया