दोलखामा अझै एक सय ४४ विद्यालयको पुनर्निर्माण हुन बाँकी
सुबास बस्नेत,
दोलखा, पुस १४
भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै दोलखामा एक सय ४४ विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको छ । भूकम्पले पूर्णरूपमा ध्वस्त भएका तीन सय ६५ वटा विद्यालयमध्ये पुस मसान्तसम्म दुई सय २१ वटा विद्यालय भवनको निर्माण सम्पन्न भएको छ भने एक सय ४४ वटा विद्यालय भवन निर्माणधीन अवस्थामा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाका प्रमुख गणेश अर्याल र शिक्षा प्रमुख देवकुमार बरालले चालू आर्थिक वर्षमा सबै विद्यालयको पुनर्निर्माणको काम सक्ने जानकारी दिए । जिल्लामा भूकम्प जानुअघि तीन सय ६५ वटा सामुदायिक रहेकोमा भूकम्पपछि १७ वटा सामुदायिक विद्यालय एकीकरण भएर तीन सय चार सामुदायिक विद्यालय रहेका छन् ।
प्राधिकरण स्थपना दिवसको अवसर पारेर जिल्लाका नौ स्थानीय तहका २४ वटा वडाहरूलाई सम्मान समेत गरिएको छ । भूकम्पपीडित लाभग्राहीहरूमध्ये निजी आवास पुनर्निर्माणअन्तर्गत ९० प्रतिशतभन्दा बढीलाई तेस्रो किस्ता भुक्तानी गराइ उत्कृष्ठ नजिता प्राप्त गरेको आधारमा वडाहरू सम्मानित भएका हुन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया