सिद्धार्थ बैंकको क्रेडिट कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने
काठमाडौं ।
सिद्धार्थ बैंकको क्रेडिट कार्डको लागि अब अनलाइनबाटै आवेदन दिन सकिने भएको छ । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यही कात्तिक १३ गते बिहीबारदेखि अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
बैंकका अनुसार यो व्यवस्थापछि अब क्रेडिट कार्डका लागि ग्राहकहरुले भौतिकरुपमा बैंकसम्म नपुगीकनै घरैबाट क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
आवेदन दिएपश्चात् क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गर्न सक्नेछ । साथै, कार्ड तयार भइसकेपश्चात् ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् । बैंकिङ प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया