बैतेश्वरको पाँडुडाँडामा सहिद पार्क निर्माण
दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिकाले सहिद पार्क निर्माण गरिरहेको छ । गाउँपालिकाले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा पालिका केन्द्रसँगै सहिद पार्क निर्माण गर्न लागेको हो । पर्यटकको आकर्षणको केन्द्रविन्दुका रुपमा पालिकाको केन्द्रलाई स्थापित गर्न गाउँपालिकाले सहिद पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष छवि लामाले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाको छुट्याएको ५ लाख र चालू आर्थिक वर्षमा प्रदेश सरकारले छुट्याएको २५ लाख रुपैयाँमा सहिद पार्क निर्माण भइरहेको छ ।
जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गर्ने व्यक्तिको शालिक राखेर उनीहरूको सम्मान गर्ने बैतेश्वरवासीको चाहना रहेको हुँदा सहिद पार्क निर्माण गर्न लागिएको पालिका उपाध्यक्ष रबिचन्द्र आचार्यले बताए । उपाध्यक्ष आचार्यका अनुसार बैतेश्वर गाउँपालिका समुद्री सतहदेखि करिब ८८६ मिटरदेखि ३०४७ मिटरसम्मको उचाइमा रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल ८० दशमलव ४१ वर्ग किमि छ ।
साविकका क्षत्रपा, नाम्दु, काबे्र, गैरीमुदी, मीर्गे गाविस मिलेर यो पालिका बनेको छ । तामाङ, क्षेत्री, बाह्मण, जिरेल, थामीलगायतका जातजातिको बाहुल्य रहेको यस गाउँपालिकाको प्रमुख व्यापारिक नाका तथा बजारहरू मैनापोखरी, खाँवा, तामाकोशी, नाम्दु, लहरेमाने, पुतलीकाठ आदि पर्दछन् । पूर्वमा जिरी नगरपालिका, पश्चिममा भीमेश्वर नगरपालिका, उत्तरमा गौरीशंकर गाउँपालिका तथा कालिञ्चोक गाउँपालिका र दक्षिणमा तामाकोशी गाउँपालिका रहेको यो पालिका जिरी जाने प्रमुख नाका हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया