बजार परिसूचक पुुनः १९ सय अंकमा
९ दशमलव ४ अंकले ओरालो लाग्दा ५ अर्ब ७१ करोडको सेयर खरिदबिक्री
काठमाडौं ।
सेयर बजार परिसूचक पुुनः १९ सय अंकमा झरेको छ । अघिल्लो दिन ७२ अंकले उकालो लागेर दुुई हजार अंकमा चढेको बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार नौ दशमलव चार अंकले ओरालो लागेर १९ सय ९५ दशमलव ३५ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५९ अंकले ओरालो लागेर तीन सय ८० दशमलव १८ अंकमा झरेको छ । सोही आधारमा यसदिन १२ वटा समूहको दुुई सय दुईवटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ४८ हजार आठ सय एक पटकको कारोबारमा एक करोड २५ लाख ६६ हजार नौ सय ६१ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कारोबार रकम पाँच अर्ब ७१ करोड ९४ लाख ३६ हजार तीन सय ८४ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये जलविद्युुत् समूहको सूचक ८३ दशमलव ८९ अंकले उकालो लागेर १८ सय २७ दशमलव ५२ अंकमा चढेकोमा सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य नौ अंकले उकालो लागेको छ । यीबाहेक वाणिज्य बैंक समूहको सूचक भने सात दशमलव ६९ अंकले ओरालो लागेर १४ सय ५७ दशमलव ९१ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ३१ दशमलव ८७ अंकले ओरालो लागेर २१ सय ५४ दशमलव ४९ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय ३१ दशमलव ७५ अंकले ओरालो लागेर नौ हजार छ सय १७ दशमलव १४ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय २० दशमलव ६६ अंकले ओरालो लागेर १२ हजार एक सय ४४ दशमलव तीन अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुुवित्त समूहको सूचक पनि क्रमशः ८६ दशमलव चार, आठ दशमलव १२, १५ दशमलव १२, एक सय चार दशमलव ७६, १८ दशमलव ५२ र तीन दशमलव ७१ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ६३ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ८० प्रतिशतले बढेर पाँच सय चार रुपैयाँमा किनबेच भएको छ । यीबाहेक प्रभुु बैंकको संस्थापक सेयर, अपी पावर लिमिटेड आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य १० प्रतिशतले घटेर दुुई सय ५२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पनि छ दशमलव दुई प्रतिशतले घटेर १८ हजार नौ सय ७३ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक बिशाल बजार कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको यसदिन प्रतिकित्ता १६ सय पाँच रुपैयाँ अन्तिम मूल्यमा ४५ करोड ८१ लाख दुई हजार दुई सय ४७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता १८ सय ७७ रुपैयाँ अन्तिम मूल्यमा ३० करोड ७८ लाख २६ हजार दुई सय ४३ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल टेलिकम, शिवम सिमेन्ट आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया