काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आइतबारदेखि स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ । यस स्मार्ट टेलर सञ्चालनबाट सेञ्चुरी–पे मोबाइल एपसबाट क्यूआर स्क्यान गरी नगद झिक्न/निकाल्न सकिनेछ । ग्राहकवर्गहरूको सेवाका लागि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको हो । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाडौँँको लागि मात्र लागू हुनेछ । निकट भविष्यमा उक्त सुविधा काठमाडौँँ उपत्यकालगायत उपत्यकाबाहिर समेत लागू गरिनेछ । यस सेवाबाट यस बैंकका ग्राहकवर्गले एक दिनमा कुल एक लाख रुपैयाँसम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिकरूपमा नगद झिक्न पाउने र सोको लागि चेकवा डेबिट कार्ड आवश्यक नपर्ने बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया