Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज ६ अर्ब रुपैयाँको ट्रेजरी बिक्री हुने

आज ६ अर्ब रुपैयाँको ट्रेजरी बिक्री हुने


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार छ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । यसअघि यही मंसिर २२ गते १७ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको राष्ट्र बैंकले आज पुनः ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । ट्रेजरीको जारी मिति मंसिर ३० गते तोकिएको छ भने ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।

बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको छ । जसमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ चैत ३ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ मंसिर २८ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही मंसिर २२ गते राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको १२ अर्ब २६ करोड रुपैयाँबरारको ट्रेजरी बिल बिक्री गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया