दुई चिनियाँ कम्पनीले बंगलादेशमा पौने ३ करोड डलर लगानी गर्ने
ढाका ।
दुईवटा चिनियाँ कम्पनीले बंगलादेशमा २ करोड ८६ लाख अमेरिकी डलरबराबर लगानी गर्ने भएका छन् । स्थानीय मिडियाहरुका अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्टिल उपकरण र रेडिमिक्स कन्क्रिटको उत्पादन युनिटमा दुई चिनियाँ कम्पनीले उक्त लगानी गर्नलागेका हुन् । यसका लागि बंगलादेश आर्थिक क्षेत्र प्राधिकरण (बेजा)सँग आज सम्झौता हुने द डेलिस्टार अनलाइनले जनाएको छ । उक्त कारखाना बंगबन्धु शेख मुजिब शिल्पानगरमा स्थापना हुनेछ । बेजाका कार्यकारी प्रमुख पवन चौधरीले यो लगानीलाई महामारीको समयमा निकै उत्साहवर्द्धक भनेका छन् ।
यसले अन्य विदेशी लगानीकर्ताको ध्यान खिच्ने र व्यवसायमैत्री वातावरणलाई अझ मजबुत बनाउने उनको भनाइ छ । कारखानाको लागि आवश्यक जग्गाको प्रबन्ध ६ महिनाभित्र गरिसक्ने चौधरीले बताए । करिब १० एकड जग्गा चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन (सीसीईसीसी)को सब्सिडरी कम्पनी सीसीईसीसी बंगलादेशले लिनेछ । यो कम्पनीले १ करोड ५९ लाख अमेरिकी डलर लगानी गर्नेछ भने साढे ३ सय जनालाई रोजगारी दिनेछ । त्यस्तै ८ एकड जग्गा जिहोङ मेडिकल प्रोडक्ट (बीडी)ले लिनेछ । यो कुन्सान जिहोङ ननओभन प्रोडक्ट कम्पनीको सब्सिडरी कम्पनी हो । यसले फेब्रिक, गाउन्स, पन्जा र क्याप उत्पादन गर्छ । यसले १ करोड २७ लाख अमेरिकी डलर लगानी गर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया