Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयी हुन् अर्को वर्ष बजार पिट्ने पाँच मुख्य फाइभजी स्मार्टफोन

यी हुन् अर्को वर्ष बजार पिट्ने पाँच मुख्य फाइभजी स्मार्टफोन


काठमाडौं ।
सन् २०२० को अन्तिम महिना चलिरहेको छ । आगामी वर्ष स्मार्टफोन बजारमा फाइभजी सपोर्ट गर्नेतिर ग्राहकको मुख्य ध्यान हुने पक्कापक्की छ । यस्तोमा केही चर्चित कम्पनीका उत्पादनले ध्यान खिच्ने देखिएको छ । पछिल्लो समय इन्टरनेट सेवा २जी, ३जी, फोरजी हुँदै फाइभजीतिर प्रवर्तन भइसकेको छ । द्रुतगतिको इन्टरनेट चल्ने भएकाले सोही किसिमका उत्पादनहरु बजारमा आइरहेका छन् । सोही क्रममा फाइभजी स्मार्टफोनको माग हुनथालेको छ । यस्तो अवस्थामा चर्चित कम्पनीका चर्चित स्मार्टफोनले बजारमा राम्रै स्थान लिने देखिएको हो ।

कुन कम्पनीका कस्ता फोन ?
वानप्लस ८ प्रो, सन् २०२१ मा वानप्लसको ८प्रोले ग्राहकको ध्यान खिच्ने देखिएको छ । फाइभजी सपोर्ट गर्ने यो फोनमा धेरै सुविधा छ । ६.७८ इन्चको अमोालेड डिस्प्ले रहेको यो फोनमा कर्निङ गोरिल्ला ग्लास ५ को लेयर छ । यसमा क्वाल्कम स्न्यापड्र्याागन ८६५ प्रोसेसर रहेको छ । वानप्लस ८ प्रोमा ८ जीबी ¥याम र १२८ जीबीको स्टोरेज छ । यसमा ‘४८ प्लस ४८ प्लस ८ प्लस पाँच’ मेगापिक्सलको चारवटा ब्याक क्यामरा रहेको छ । यसमा अगाडि क्यामराा १६ मेगापिक्सलको छ । यसमा ४५१० एमएएच ब्याट्री छ । यसको मूल्य ८८ हजार रुपैयाँ हाराहारीमा पर्नसक्नेछ ।

आईफोन १२, नयाँ वर्षमा ग्राहकको ध्यान खिच्ने अर्को फोन हो एप्पलको आईफोन १२ । यो फोनमा ग्राहकको पहिलो रुचि पर्नसक्नेछ । यसमा १२÷१२ मेगापिक्सेलको दुईवटा ब्याक क्यामरा र १२ मेगापिक्सेलको अगाडि क्यामरा छ । ६.१ इन्चको यो फोनमा ६४ जीबीको स्टोरेज, २७७५ एमएएचको ब्याट्री छ भने यसको मूल्य १ लाख २७ हजार हाराहारी पर्छ ।

सामसङ ग्यालेक्सी नोट २० अल्ट्रा, यो फोनलाई पनि ग्राहकले राम्रै रुचि राख्ने देखिएको छ । सामसङ ग्यालेक्सी नोट २० अल्ट्रा गत अगष्ट १० मा सार्वजनिक भएको फोन हो । ६.९ इन्चको स्क्रिन रहेको फोनमा ४५०० एमएएच ब्याट्री छ । यसमा १०८ प्लस १३ प्लस १२ मेगापिक्सलका तीनवटा ब्याक क्यामरा र ४० मेगापिक्सलको अगाडि क्यामरा छ । १२ जीबी -यामयुक्त यो फोनको मूल्य १ लाख ६८ हजार हाराहारी रहेको छ ।

शाओमीको एमआई १०, चिनियाँ कम्पनीको शाओमी एमआई १० ले पनि नयाँ वर्षमा राम्रै माग पाउनसक्नेछ । यसले पनि फाइभजी सपोर्ट गर्छ । यसका पछाडि १०८ प्लस १३ प्लस २ प्लस २ मेगापिक्सेलका क्यामरा छन् भने अगाडि २० मेगापिक्सेलको क्यामरा छ । यो फोन गत अप्रिल २२ मा सार्वजनिक भएको थियो । यसको मूल्य ७२ हजार हाराहारीमा पर्छ ।

मोटोजी५जी, यो फोन मोटोरोला कम्पनीले उत्पादन गरेको हो । मोटोजीफाइभजी स्मार्टफोन अरुभन्दा निकै सस्तो रहेको छ । फाइभजी चल्ने यो फोनमा ६.७ इन्चको स्क्रिन र ४८ प्लस ८ प्लस २ मेगापिक्सेलका तीन ब्याक क्यामरा र १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । चार जीबी -यामयुक्त यो फोनमा ५००० एमएएच ब्याट्री छ । यसको मूल्य ३३ हजार हाराहारी पर्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया