नयाँ दिल्ली ।
भारतमा डिजिटल पेमेन्ट सेवा प्रदायकअन्तर्गत ह्वाट्सएप पेमेन्ट सर्भिस सुरु भएको छ । चार बैंकसँगको साझेदारीमा फेसबुकको स्वामित्व रहेको ह्वाट्सएप च्याट एप्लिकेसनले भुक्तानी सेवा सुरु गरेको हो । आईसीआईसीआई बैंक, एक्सिस बैंक, एसबीआई र एचडीएफसीसँगको साझेदारीमा ह्वाट्सएपले डिजिटल भुक्तानी सेवा सुरु गरेको हो । यी चार बैंकका करोडौँ ग्राहक छन् भने अब उनीहरुले ह्वाट्सएपबाट अनलाइन माध्यममा पैसा पठाउन र आफ्नो एकाउन्टमा मगााउन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ह्वाट्सएप भारतमा सर्वाधिक प्रयोग हुने एप हो ।
ह्वाट्सएपको होमपेजमा दायाँतर्फ माथि देखिने तीनवटा थोप्लामा ग्राहकले क्लिक गरी यो सेवा प्रयोग गर्न सक्ने जनाइएको छ । त्यहाँँ क्लिक गरेपछि ग्राहकले पेमेन्ट अप्सनमा क्लिक गर्नुपर्नेछ, त्यसपछि पेमेन्ट विन्डो खुल्ने र एड न्यु पेमेन्ट मेथडमा क्लिक गर्नुपर्नेछ । त्यहाँ एसेप्ट गरेपछि बैंकको नाम आउनेछ । ह्वाट्सएपले साझेदारी गरेका बैंकहरु त्यहाँ उपलब्ध हुनेछन् र ग्राहकले पैसा पाउन र पठाउन सक्ने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया