चिनियाँ एफडीआई परियोजना १५.५ प्रतिशतले वृद्धि
बेइजिङ, पुस १७
चीनले सन् २०१९ मा प्रत्यक्ष वैदेशिक लगानीमा उल्लेख्य प्रगति भएको जनाएको छ । वाणिज्य मन्त्री झोंग सानका अनुसार गत वर्षको पहिलो ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित परियोजनाको संख्या ७ सय २२ वटा पुगेको छ । वर्षगत तुलनामा यो १५.५ प्रतिशतले वृद्धि हो । बेइजिङमा आयोजित एक सम्मेलनमा उनले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन् ।
जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा ३६ हजार ७ सय ४७ वटा नयाँ एफडीआई परियोजना थपिएका हुन् । उक्त अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ६ प्रतिशतले विस्तार भएर ८ खर्ब ४५ अर्ब चिनियाँ युआन पुगेको छ । सन् २०१९ को सुरुमै चीनले एफडीआईसँग सम्बन्धित नयाँ कानुन र नियम लागू गरेको थियो । यसले गर्दा व्यावसायिक वातावरणमा सुधार भएको जनाइएको छ । सन् २०२० मा एफडीआई अझै बढ्ने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया