माइक्रोसफ्ट भन्छ, ‘उत्तर कोरियाली ह्याकरले गम्भीर सूचना चोर्न खोजे’
अमेरिका, पुस १७
प्रविधि कम्पनी माइक्रोसफ्टले उत्तर कोरियाली ह्याकरले गम्भीर सूचना चोरी गरेको बताएको छ । सोमबार कम्पनीले उत्तर कोरियाली ह्याकरले सूचना चोर्न प्रयोग गरेको थालियम वेबसाइट नियन्त्रणमा लिएको जनाएको हो । थालियम सूचना चोरीका लागि ह्याकरले प्रयोग गरेको कम्पनीले अनुमान गरेको छ । ह्याकरहरुले सरकारी कर्मचारी, बुद्धिजीवी, युनिभर्सिटी कर्मचारी र आणविक क्षेत्रमा काम गर्नेहरुको सूचना चोरी गर्ने प्रयास गरेको थियो । ह्याकरले अमेरिकी अधिकारीको सूचना चोर्ने प्रयास गरेको कम्पनीले जनाएको छ । त्यस्तै जापान र दक्षिण कोरियालाई पनि ह्याकको निशाना बनाएको माइक्रोसफ्टले जनाएको छ । कम्पनीले सूचना चोरीमा प्रयोग भएका ५० वेब डोमेनहरु नियन्त्रणमा लिएको छ । थालियमले मालवेयर प्रयोग गरी सिस्टमबाट डाटा चोर्ने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- आजदेखि नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया