बेलायतले श्रमिकको न्यूनतम तलबमान ६ प्रतिशतले बढाउने
लन्डन, पुस १७
बेलायतले सन् २०२० मा श्रमिकको न्यूनतम तलबमान ६ प्रतिशतले वृद्धि गर्ने भएको छ । उक्त दरले तलब बढे श्रमिकले प्रतिघण्टा ८.७४ पाउन्ड पाउनेछन् । प्रधानमन्त्री बोरिस जोन्सनले लामो समयदेखि श्रमिकले बढेको तलब देख्न नपाएको भन्दै मिहिनेतीलाई प्रोत्साहन गरिने एक विज्ञप्तिमा भनेका छन् ।
हाल बेलायतको बेरोजगारीदर सन् १९७० यताकै न्यूनस्तरमा झरेको छ । त्यस्तै रोजगारी दरले समेत कीर्तिमान कायम गरेको छ । हाल २५ वर्ष पुगेको बेलायतीले एक घण्टा काम गर्दा ८.२१ पाउन्ड तलब पाउँछन् । अब अप्रिल १ देखि बेलायतीले प्रतिघण्टा कामको ज्याला ८.७४ पाउनेछन् । त्यस्तै कम उमेरका कामदारको न्यूनतम तलब पनि ४.६ देखि ६.५ प्रतिशतको बीचमा पु-याइने भएको छ । सन् १९९९ देखि प्रधानमन्त्री टोनी ब्लेयरले श्रमिकको न्यूनतम तलबमान सुरु गरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया