दोलखा ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ४ र ५ का महिलालाई व्यावसायिक तथा आत्मनिर्भर बनाउन दुई दिने दुना र टपरी गाँस्ने तालिम दिइएको छ । नगरपालिका दुई वडाका करिब ४० जना महिलालाई तीन समूहमा छनोट गरेर तालिम दिइएको हो । पछिल्लो समय बजारमा सालको पातको दुना टपरी लोप हुँदै गएको भन्दै भीमेश्वर नगरपालिकाले तालिमको आयोजना गरेको नगरपालिकाकी उपमेयर कमला बस्नेतले जानकारी दिइन् ।
नगरको आर्थिक सहयोग तथा दुई वडाको आयोजना र भीमेश्वर पूजा सामग्री उत्पादन उद्योगको प्राविधिक सहयोगमा महिलालाई दुनाटपरी गाँस्ने तालिम दिइएको हो । भीमेश्वर पूजा सामग्री उत्पादन उद्योग दोलखाका प्रमुख रमेश खतिवडाका अनुसार तालिममा सहभागी महिलाले उत्पादन गरेका सबै दुनाटपरी उद्योगले खरिद गरिदिनेछ । महिलाहरुले बनेका दुनाटपरी आफ्नै उद्योगले खरिद गरिदिने भएपछि तालिमले महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उनले बताए ।
दुनाटपरी गाँस्ने तालिममा सहभागी हुन आएकी भीमेश्वर नगरपालिका ४ कि हिरादेवी बुढाथोकीले यस्ता तालिमले बिहान बेलुकाको फुर्सदको समयमा दुई÷चार पैसा कमाउने व्यवसाय हुने बताइन् । विभिन्न काजकिरिया तथा पूजापाठमा दुना टपरीमा नभई नहुने भएकोले तालिम लिन आएको उनले बताइन् । भीमेश्वर पूजा सामग्री उत्पादन उद्योगले सहभागी ४० जना महिलालाई ४ कुने, ५ कुने, ११ दिनको पितृकार्य, विवाहलगायतका काजकिरियामा प्रयोग हुने दुनाटपरी गाँस्न सिकाएको उद्योगका सञ्चालक खतिवडाले जानकारी दिए । बजारमा अहिले एउटा टपरीको मूल्य १० देखि १५ रुपैयाँ र दुना दुईदेखि पाँच रुपैयाँ रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सुन तस्करीको आरोप लागेका सुमनमान ताम्राकारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया