सिर्जना फाइनान्सले १४ दशमलव २७ प्रतिशत लाभांश दिने
काठमाडौं ।
सिर्जना फाइनान्सले १४ दशमलव २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ८४ करोड ७८ लाख ३८ हजार आठ सय ८० रुपैयाँमध्येबाट १४ दशमलव २७ प्रतिशत अर्थात् १२ करोड नौ लाख ५४ हजार सात सय ६७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा चुक्ता पुँजीको १३ दशमलव ५९ प्रतिशत अर्थात् ११ करोड ५१ लाख ९५ हजार १७ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि ५७ लाख ५९ हजार सात सय ५१ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी फाइनान्सको बिहीबार बसेको दुई सय ३७औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया