श्रीलंकामा दिन प्रतिदिन बढ्न थाले संक्रमित
कोलम्बो ।
श्रीलंकामा विगत २४ घण्टामा कोभिड–१९ संक्रमितको संख्या पाँच सयभन्दा बढी पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख छ । अहिलेसम्म श्रीलंकामा कुल ४० हजार २ सय ८२ व्यक्ति कोभिड–१९ संक्रमित भएकोमा ३२ हजार ५१ व्यक्ति संक्रमणमुक्त भएका सरकारी तथ्यांकमा उल्लेख छ । श्रीलंकामा सक्रिय संक्रमितको संख्या आठ हजार ४५ रहेको र १ सय ८६ संक्रमित व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
लामो समयसम्म गृहयुद्धको सामना गरेको एसियाली यो मुलुकमा कोभिड–१९ को संक्रमणको दोस्रो लहर देखिएसँगै सरकारले थप साबधानी अपनाउन लागिएको बताएको छ । श्रीलंकाको बढी प्रभावित पश्चिमी प्रान्तहरूमा गत अक्टोबरदेखि विद्यालयहरू बन्द अवसथ्थामा रहेका छन् । राजधानी कोलम्बोस्थित माछा बजार र बजार वरपरको ग्रामिण वस्तीमा समेत कोभिड–१९ को दोस्रो लहर देखा परेको छ । ती स्थानहरूलाई सहरका अन्य इलाकासँगको सम्पर्कसँग छुट्टिनेगरी संक्रमण क्षेत्रमा सावधानीका उपायलाई कडाईका साथ लागू गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया