नेपाल क्रेडिट एण्ड कमर्स बैंकद्वारा कर्पोरेट–पे प्रणालीको सुरुवात
काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । बैंकले आफ्ना संस्थागत ग्राहकका निमित्त बैंक खाताबाट सोझै विद्युतीय भुक्तानी गर्न सकिने उक्त प्रणालीको सुरुवात गरेको हो । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सम्झौता गरेको जानकारी दिएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रमेश सापकोटा तथा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
बैंकका अनुसार यो कर्पोरेट–पे प्रणाली प्रयोग गर्नका लागि बैंकबाट आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सकिन्छ । यस प्रणालीबाट आफैंले तोकिएको कारोबार सीमाभित्र रही कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नताविना नै गर्न सकिनेछ । बैंकले एक सय २७ वटा शाखा कार्यालयहरू, एक सय दुईवटा एटीएम, एवं सातवटा एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया