राष्ट्रिय सहकारी बैंकको कार्यविधिसम्बन्धी तालिम
काठमाडौं ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा सहकारीमा नीति तथा कार्यविधि निर्माणसम्बन्धी एक दिने गण्डकी प्रदेशस्तरीय तालिम आइतबार सम्पन्न भएको छ । सहकारी संघसंस्थालाई व्यवस्थितरूपमा सञ्चालनका लागि नीति तथा कार्यविधिको आवश्यकतालाई मध्यनजर गरी तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकले सदस्य संस्थाहरूको सहजताका लागि नमूना कार्यविधिहरू निर्माणमा सहयोग गर्दै आएको छ । गण्डकी प्रदेशस्तरीय कार्यक्रममा कर्जा कार्यविधिका बारेमा सहजीकरण गरिएको थियो । वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूको आम्दानीको मुख्य स्रोत कर्जा भएकाले कर्जालाई व्यवस्थापन गर्नका लागि आवश्यक कार्यविधिका विषयमा कार्यक्रम जानकारी गराइएको थियो ।
तालिमको सुरुवात गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीहरूलाई विधिसम्मत सञ्चालनका लागि तालिम सहयोगी हुने धारणा व्यक्त गरेका थिए । उनले सहकारीहरूले सदस्यहरूलाई गर्ने कर्जा लगानी र असुलीका लागि कार्यविधिलाई प्रभावकारी बनाउन जरुरी रहेको उनको भनाइ थियो ।
गण्डकी प्रदेश सहकारी विभागका अधिकृत सागर खनालले सहकारी संघसंस्थाहरूलाई प्रभावकारीरूपमा अगाडि बढाउनका लागि नीति विधिको आवश्यकता पर्ने र त्यसका लागि राष्ट्रिय सहकारी बैंकले तालिम राखेर निरन्तर सचेतना प्रदान गरेको बताए । कार्यक्रममा बैंकका तालिम विभागका अधिकृतहरू सूर्यप्रसाद रिमाल र नारायण बेलबासेले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्माले गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया