भारतले उत्पादन गरेको कोरोना खोपलाई नेपालमा अनुमति
काठमाडौं ।
भारतले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई नेपालमा आपत्कालीन प्रयोगमा अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो ।
विभागको शुक्रबार बसेको बैंठकले आपत्कालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागले जनाएको छ । सरकारले पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको हो । सिरम इन्स्टिच्युट कम्पनीले एस्ट्राजेनेकासँगको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित खोप उत्पादन गरिरहेको छ । यस खोपलाई ७० देखि ९० प्रतिशत प्रभावकारी मानिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया