चीनले अफ्रिकामा चामल बेच्दा भारतलाई ‘टेन्सन’ !
नयाँ दिल्ली., पुस २०
विश्वकै ठूलो चामल निर्यात गर्ने देश भारतलाई अफ्रिकी बजारमा चीनले चुनौती दिएको छ । भारतीय मिडियाका अनुसार चीनले अफ्रिकी बजारमा सस्तो दरमा चामल बेच्न थालेपछि भारतलाई अप्ठ्यारो परेको हो । अफ्रिका भारतको सबैभन्दा ठूलो बजार भए पनि चीनले कारोबार सुरु गरेपछि भारतको नयाँ प्रतिस्पर्धीको आगमन भएको छ । चीनले अफ्रिकामा भारी मात्रामा चामल पु-याइसकेको छ ।
नवभारत टाइम्सका अनुसार चीनले आफ्नो सञ्चित चामल अफ्रिकामा बिक्री गरिरहेको छ । चीनले गत छ महिनामा ३० लाख टन सञ्चित चामल निर्यात गरिसकेको छ । उक्त चामल सिधै अफ्रिका पुगेको छ । भारतले भने करिब ४ सय डलर प्रतिटनको सामान्य चामल निर्यात गरेको छ । चिनियाँ चामलकै कारण भारतीय बासमती चामलको माग समेत घटेको भारतीय अधिकारीले बताएका छन् ।
चीनले ३ सय २० डलर प्रतिटनको दरमा गैरबासमती चामल निर्यात गरेको छ । उक्त दरमा भारत र चीनबीचको धेरै नै अन्तर रहेको छ । यसले भारतीय चामल निर्यात प्रभावित हुने भएकाले भारतलाई चिन्ता परेको हो । चालू आर्थिक वर्षमा पछिल्लो वर्षको तुलनामा भारतको गैरबासमती चामलको निर्यात समेत ३५ प्रतिशतले घटिसकेको छ । भारतले अप्रिलदेखि नोभेम्बरसम्मको अवधिमा ९० अर्बको गैरबासमती चामल निर्यात गरेको छ । सन् २०१८ मा भारतले १ खर्ब ४० अर्बको चामल निर्यात गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया