काठमाडौं, पुस २१
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक १६ दशमलव नौ अंकले उकालो लागेर ११ सय ८२ दशमलव ३१ अंंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन तीन दशमलव ५१ अंकले उकालो लागेर दुुई सय ५५ दशमलव ६९ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७३ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार नौ हजार दुई सय ९५ वटा कारोबारमा २० लाख ८२ हजार सात सय १८ कित्ता सेयर खरिदबिक्री हुँंदा कारोबार रकम ७१ करोड २३ लाख ५७ हजार दुई सय ४१ रूपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार १२ वटै समूहको सूचक उकालो लागेर सेयर बजार पूरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १६ दशमलव ७४ अंकले उकालो लागेर एक हजार ५२ दशमलव ७५ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि १९ दशमलव ३६ अंकले उकालो लागेर १६ सय नौ दशमलव ९३ अंकमा चढेकोे छ । जलविद्युुत् समूहको सूचक पनि आठ दशमलव ६७ अंकले उकालो लागेर नौ सय ४३ दशमलव २१ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि ४० दशमलव २४ अंकले उकालो लागेर १७ सय १९ दशमलव ७२ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ५९ दशमलव २९ अंकले उकालो लागेर चार हजार पाँच सय ८३ दशमलव ४७ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ८३ दशमलव ६८ अंकले उकालो लागेर पाँच हजार नौ सय ४६ दशमलव २६ अंकमा चढेकोे छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः छ दशमलव ३५, १० दशमलव ६४, तीन दशमलव ८६, दुुई दशमलव ३९ र शून्य दशमलव शून्य एक अंकले उकालो लागेका छन् ।
यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ९३ पैसाले बढेर छ सय ७५ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्रामिण विकास लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ५४ पैसाले बढेर तीन सय ५६ रूपैयाँमा किनबेच भएको छ । यसैगरी श्रीराम सुुगर मिल्स, कञ्चन डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य पाँच रूपैयाँ ६३ पैसाले घटेर एक सय ३४ रूपैयाँमा किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पाँच रूपैयाँ १२ पैसाले घटेर एक सय ११ रूपैयाँमा किनबेच भएको छ । यसैगरी पञ्चकन्या माई हाइड्रोपावर कम्पनी, युुनाइटेड फाइनान्स आदि पनि बढी गुमाउने कम्पनीहरूको सूचीमा परेका छन् । यसदिन बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट परेको छ । कम्पनीको प्रतिकित्ता चार सय ९० रूपैयाँ अन्तिम मूल्यमा पाँच करोड ६२ लाख २७ हजार तीन सय ८४ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमाको परेको एनआईसी एसिया बैंकको चार सय २७ रूपैयाँ अन्तिम मूल्यमा चार करोड ३४ लाख ४१ हजार एक सय २८ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नागरिक लगानी कोष, एनएमबी बैंक, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएको छ ।
नेप्सेका अनुसार यसदिन फष्र्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ११ लाख ६३ हजार चार सय ६९ दशमलव ४६ कित्ता बोनस सेयर, नाडेप लघुुवित्त वित्तीय संस्थाको चार लाख ८० हजार कित्ता बोनस सेयर, छिमेक लघुुवित्त वित्तीय संस्थाको १८ लाख कित्ता बोनस सेयर र मुुक्तिनाथ विकास बैंकको चार लाख तीन हजार दुुई सय २० दशमलव २५ कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया