सानिमा बैंकको पोखरा शाखाद्वारा हिमालय आँखा अस्पताललाई सहयोग
काठमाडौं, पुस २१
सानिमा बैंक बैंकले आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकको पोखरास्थित न्यूरोड शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यही पुुस १९ गते शनिबार पोखरा मनपा वडा नं. १७, घारीपाटन स्थित हिमालय आँखा अस्पतालमा आउने दैनिक करिब पाँच सय जना आँखासम्बन्धी बिरामीहरू एवं अस्पतालका कर्मचारीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको हो ।
उक्त मेसिन बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालद्वारा अस्पतालका प्रमुख मेडिकल डाईरेक्टर डा. इन्द्रमान मर्हजनलाई हस्तान्तरण गरिएको हो । साथै, बैंकको प्रमुख कार्यकारी अधिकृतले आगामी दिनहरूमा पनि थप आवश्यक सहयोगहरू उपलब्ध गर्दै जाने बताए । त्यसैगरी हिमालय आँखा अस्पतालका प्रमुख मेडिकल डाईरेक्टर डा. मर्हजनले सानिमा बैंकको सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । बैंकको हाल ७९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर तथा ७८ वटा एटीएम रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया