नाफामा आक्रामक बन्दै राष्ट्रिय सहकारी बैंक
काठमाडौं ।
सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको गत आवको सोही अवधिको नाफा २७ करोड ५० लाख ४३ हजार रुपैयाँ रहेको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ दशमलव ४७ प्रतिशतले बढी हो ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर ७३ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने गत वर्षको सोही अवधिमा खुद ब्याज आम्दानी ५३ करोड पाँच लाख रुपैयाँ रहेको थियो । बैंकको चालू आवको अर्धवार्षिक वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको दुई अर्व ८३ करोड शेयर पुँजी सहित ५८ अर्ब २७ करोड निक्षेप संकलन गरी २७ अर्ब ४ करोड कर्जा लगानी गरेको छ ।
त्यस्तै बैंकको जगेडा कोषमा एक अर्व तीन करोड ८९ लाख रहेको छ । ७७ जिल्लाका सबैखाले सहकारी संघसंस्थाहरू सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार छ सय सहकारी संघ र संस्था सदस्य रहेका छन्, भने बैंकका सात प्रदेशमा ६८ शाखा कार्यालय रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- आजदेखि नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया