काठमाडौं ।
वाइवाइ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङ्गले जित्न सफल भएकी छिन् । नेपाल टेलिभजनको प्रस्तुतिमा कि इन्टरटेनमेन्ट एण्ड रिसर्च प्रालिले उत्पादन गरी प्रसारणमा ल्याएको नेपालको आफनै सांगीतिक रियालिटी शोको पहिलो सिजनको अन्तिम प्रतिस्पर्धा शनिबार राति भएको थियो ।
नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको यो ग्राण्ड फिनाले सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङ्गको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजनको तीन सय स्टुडियोमा भव्य समारोहका बीच कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाली गीत संगीत नेपालको संस्कार, संस्कृतिलाई विश्वको कुना कुनामा चिनाउने एक सशक्त माध्यम भएको मन्त्री गुरुङले बताए । नेपाल टेलिभिजन क्रमशः अत्याधुनिक कार्यक्रमहरु प्रविधिसँग घुलमेल गर्दै आम दर्शकसामु पस्किन पाउँदा अत्यन्त गौरवान्वित भएको महशुस भएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले बताए ।
सांगीतिक रियालिटी शो वाइवाइ नेपाल स्टारको अडिसन नेपालको सातवटै प्रदेशमा भएको थियो । नेपाल स्टारको मुख्य प्रायोजकको रुपमा वाइवाइ, वृज सिमेन्ट तथा सिद्धार्थ बैंक रहेको थियो भने अन्य प्रायोजकहरुमा रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हरपल चामल तथा यति कार्पेट रहेका थिए ।
वाइवाइ नेपाल स्टारको अन्तिम प्रतिस्पर्धामा रहेका पोखराकी एलिना गुरुङ्ग, ताप्लेजुङ्गका लक्ष्मण लिम्बु, काठमाडौंका सुरेश लामा तथा धरानका सन्देश बम्जन लामा थिए । यी अन्तिम प्रतिस्पर्धाका चारै जनाले जनही पाँच/पाँच लाखका दरले नगद प्राप्त गरका थिए भने वाइवाइ नेपाल स्टार बन्न सफल पोखराकी एलिना गुरुङ्गले थप ३० लाखसहित ३५ लाख रुपैयाँ नगद जितेकी छिन् ।
वाइवाइ नेपाल स्टार २०७६ फागुन २४ गते शनिबारका दिनदेखि नेपाल टेलिभिजनबाट प्रसारण सुरु भएको थियो । यस रियालिटी शोका निर्णायकहरु गायक रामकृष्ण ढकाल, गायिका अन्जु पन्त र संगीतकार आलेकश्री रहेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया