स्वर्णपथ सहकारीका अध्यक्षसहित सात सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं ।
ठगी गरेको अभियोगमा काठमाडौंको वनस्थलीमा कार्यालय रहेको स्वर्णपथ बहुउद्देश्यीय सहकारीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पीडित क्षेत्र बहादुर थापा मगरको जाहेरीको आधारमा काठमाडौं जिल्ला अदालतले सहकारीका आठ जना सञ्चालकहरुविरुद्ध २१ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
सहकारीका अध्यक्ष समेत रहेका अर्घाखाँची जिल्लाको साबिक जुकेना गाविस वडा नम्बर ९ हाल शीतगंगा नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका हाल काठमाडौं बस्दै आएका नारायण प्रसाद अधिकारीसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
त्यस्तै सहकारीका उपाध्यक्ष तथा काठमाडौं महानगरपालिका वडा नम्बर १२ घर भएका दिनेश श्रेष्ठ, गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ घर भई हाल कठमाडौं बस्दै आएका सहकारीकै सचिव अर्जुन बस्नेत, कोषाध्यक्ष तथा बर्दियाको गेरुवा गाउँपालिका ४ भर भई हाल काठमाडौं बस्दै आएका हेमन्त बहादुर कडायत, सहकारीका सदस्य अर्घाखाँची घरभई हाल काठमाडौं बस्दै आएका सन्दिप राना, सहकारीका सदस्य तथा स्थायी घर गोरखा बारपाक भई हाल काठमाडौं बस्दै आएका सन्तोष थापा, दैलेख घर भई काठमाडौं बस्दै आएका सहकारीका सदस्य कविता ढकालको नाममा २१ दिने पक्राउ पुर्जी जारी भएको हो ।
उनीहरुविरुद्ध २०७६ माघ ९ गते जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर भएको थियो । यसअघि असोज २५ गते पक्राउ पुर्जी जारी भए पनि बेपत्ते तामेल भएको अदालतको सूचनामा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया