कोरोनाले फिलिपिन्सको पर्यटन क्षेत्रमा आठ अर्ब डलर राजस्व गुम्यो
मनिला ।
कोरोनाभाइरस महामारीका कारण पर्यटन क्षेत्रमा मन्दी आएसँगै फिलिपिन्सको पर्यटन राजस्वमा सन् २०२० मा झण्डै आठ अर्ब ३० करोड डलरभन्दा बढी कमी आएको छ । फिलिपिन्सको पर्यटन विभागका अनुसार सन् २०२० मा १३ लाख पर्यटकले मात्र फिलिपिन्सको भ्रमण गरेका थिए । पर्यटन उपसचिव रोबर्टो अलाबाडोले सन् २०१९ को तुलनामा फिलिपिन्समा झण्डै ८० प्रतिशत कम पर्यटक आएको संसदलाई जानकारी दिए ।
उनले सन् २०१९ मा झण्डै ८३ लाख पर्यटक फिलिपिन्स आएको बताए । दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्समा पर्यटकको संख्यामा आएको व्यापक गिरावटका कारण झण्डै ५७ लाख व्यक्ति बेरोजगार भएको बताए । फिलिपिन्सको तथ्याँक विभागका अनुसार सन् २०१९ मा फिलिपिन्सको अर्थतन्त्रमा पर्यटन उद्योगले करिब १२.७ प्रतिशत योगदान गरेको थियो । अर्थतन्त्रमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेकाले यसको पुनरुत्थानका लागि सरकारले विशेष पहल गर्नुपर्ने खाँचो रहेको पनि उनले बताए ।
कोरोनाभाइरस महामारीका कारण फिलिपिन्स सहित छिमेकी देशहरुमा कडा लकडाउन गरिएका थिए । लकडाउनका कारण मुख्यरुपमा पर्यटकीय गतिविधिलाई व्यापक असर पारेको र ठूलो संख्यामा मानिसहरु अन्यत्र पलायन हुन बाध्य भएका थिए ।
हाल फिलिपिन्सले बिस्तारै देशभित्रको यात्रालाई सहजीकरण गर्न थालेको छ र स्वास्थ्य एवं सुरक्षाका मापदण्ड अपनाएर यात्रा अनुमति प्रदान गर्न थालिएको छ । तैपनि कमै मानिसले मात्र स्वास्थ्य जोखिम लिन चाहेको पाइएको छ । लकडाउन र अन्य प्रतिबन्धहरुका बाबजूद फिलिपिन्समा कोभिड–१९ बाट करिब पाँच लाख २९ हजार संक्रमित भएका र तीमध्ये १० हजार आठ सय ७४ जनाको मृत्यु भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया