नाइजेरियाकी इविलालाई विश्व व्यापार संगठन हाँक्ने बाटो खुल्ला
अमेरिका ।
पछिल्लो समय विवादमा मुछिएको विश्व व्यापार संगठनमा नाइजेरियाकी गोजी ओकोन्जो इविलाले पहिलो अफ्रिकी तथा पहिलो महिला प्रमुख बन्ने बाटो खुल्ला भएको छ । उनकी दक्षिण कोरियाली प्रतिस्पर्धी यू म्युंग हीले शुक्रबार दाबी छोडेपछि र अमेरिकाले आफ्नो यसअघिको अडानबाट पछि हटेपछि इविलाको बाटो खुल्ला भएको एजेन्सीहरुले जनाएका छन् ।
ट्रम्प प्रशासन गएसँगै नयाँ राष्ट्रपति जो बाइडेनले उनको नेतृत्वलाई बलियो समर्थन गरेका हुन् । बाइडेनले विश्व बैंक तथा नाइजेरियामा अर्थ मन्त्रालयमा दक्षता हासिल गरेको भन्दै समर्थन गर्ने घोषणा गरेका थिए । यी दुई घटनाक्रमसँगै महिनौँदेखिको विश्व व्यापार संगठनको अनिश्चितताको पनि अन्त्य भएको छ ।
अब डब्लुटीओका सदस्यहरुले इविलालाई संस्थाको महानिर्देशकमा चयन गर्ने प्रक्रिया थाल्नेछ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उनको नेतृत्व दाबी रोक्दै आएको थियो । गत वर्ष अक्टोबरमा उनलाई डब्लुटीओको छनोट समितिले प्रमुखमा प्रस्ताव गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया